
भोजपुर । पूर्वमन्त्री सुदन किरातीले खेलकुदमा जस्तै राजनीतिमा पनि अनुशासनको आवश्यकता रहेको बताउनु भएको छ ।
शनिबार भोजपुरको रामप्रसाद राई गाउँपालिकामा भएको तेस्रो बासिखोरा रनको औपचारिक कार्यक्रममा सम्बाेधन गर्नुहुँदै संघीय सांसद समेत रहनु भएका किरातीले राजनीतिमा अनुशासन नहुँदा अस्थिरतासँगै आम जनतामा निराशा छाएको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “गणतन्त्र माथि वार्निङ घण्टी लाग्यो, हामी सच्चिनुको विकल्प छैन । अब अरुलाई गाली नगरौं हामी आफैँ देखिने गरि सच्चिउँ ।” लोकतन्त्रमा व्यवस्थापिकाले सडक बनाउँछ, कार्यपालिकाले गाडी कुदाउँछ अनि न्यायपालिकाले ट्राफिकको काम गर्छ तर यी तीन निकाय नै आफ्नो कर्तव्यबाट उदासिन बनेमा छन्, खेलकुदमा अनुशासन र कठोर श्रम चाहिन्छ यी दुवै कुरा राजनीतिमा भएनन् । राजनीति अल्छे पनि भयो अराजक पनि भयो ।”
खेलकुदले संस्कृति र कुटनीतिक पुलको भूमिकासँगै भाईचाराको रसायनको काम समेत गर्ने किरातीले बताउनुभयो । खेलकुदलाई उद्योगकोरुपमा विकास गरी अर्थतन्त्रमा टेवा पुर्याउन सकिने समेत किरातीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच