
काठमाडौं । वरिष्ठ गीतकार एवं चलचित्र निर्माता तथा निर्देशक यादव खरेललाई शुक्रबार राजधानीमा ब्रिलियन्ट कलेजले एक कार्यक्रमको आयोजनामा गरी ‘ब्रिलियन्ट कलेज-२०८१’द्वारा सम्मान अपर्ण छ । वरिष्ठ शिक्षाविद् प्राडा.विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यता सम्मान गरिएको हो । सम्मानित व्यक्तित्व यादव खरेलले आफ्नो जीवनका विभिन्न अनुभव सुनाउँदै आजको दिनमा असल शिक्षाको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । शिक्षा जोसुकैबाट पनि लिन सकिने विचार राख्दै खरेलले विद्यार्थीहरूलाई अल्छी नगरी विद्या आर्जनमा लाग्न र ठूलो लक्ष्य राखेर अध्ययनमा जुट्न सबै विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै प्राडा. विद्यानाथ कोइरालाले नेपाली गीतसंगीत र चलचित्रका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका स्रष्टा, द्रष्टा र पथप्रदर्शक व्यक्तित्व यादव खरेललाई सम्मान गरेर ब्रिलियन्ट कलेजले आफूलाई संस्कारयुक्त शिक्षा दिने संस्थाका रूपमा प्रमाणित गरेको बताउनुभयो । हाम्रो ज्ञान परम्परा वैज्ञानिक चिन्तनको जगमा विकसित भएको बताउँदै उहाँले नेपालमै विभिन्न सम्भावना भएकाले देशको निर्माणमा जुट्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभएको थियो ।
उक्त कलेजका प्रिन्सिपल दुर्गाप्रसाद नेपालले कार्यक्रममा बोल्दै उहाँले समाजको आवश्यकता र रुचिलाई ध्यान दिँदै कलेजले गत वर्षदेखि संगीत विषय अध्यापन गर्दै आएकोमा जानकारी दिनुभयो । उक्त विषयलाई अझै सशक्त ढंगले अघि बढाउने प्रतिबद्धताका साथ एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी यही २०८२ वैशाख ११ गतेबाट तीन महिने निःशुल्क कम्प्युटर तालिम प्रदान गरिने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष विमलकुमार होडा, माजसेवी तथा आइप्याकका अध्यक्ष ध्रुव थापा, कलेज सञ्चालक समितिका पदाधिकारीलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक एवं ब्रिलियन्ट कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कलेज सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले ब्रिलियन्ट कलेज स्थापनाको उद्देश्यबारे प्रकाश पार्दै कलेजले आफूलाई यस क्षेत्रको अब्बल संस्थाका रूपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीपमूलक शिक्षाका माध्यमबाट विद्यार्थीलाई रोजगार एवं स्वरोजगार बनाउन कलेजले थप पहल गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उपस्थित मानुभावहरूलाई भरपुर मनोरञ्जन गराएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच