
हो तिम्रो पहिलो पाठशाला घर
तर तिमीलाई ‘तिमी’ बनाउन
मैले मेरो घर भुलको छु
जहाँ मैले सिकाएको अक्षर चिनेर
तिमीले संसार चिन्यौ ।
तिमीलाई ‘तिमी’ बनाउन,
मैले मेरो रहर, सपना-सबै बिर्सिएँ,
तिमीभित्रको उज्यालो जगाउन
म आफैँ मोमबत्ती झैँ जलिरहेँ ।
आफ्नै रहरका दियोहरू
सम्झौताका हुरीले निभाइरहेँ,
शान्त र शीतल बन्दै,
तिमीभित्रको चुलबुलीलाई आकार दिन,
मैले आफ्ना भावनाका आँधीहरू थामेको छु ।
तिमीको मार्गचित्र म-
आज आफ्नै अधिकारका पाटोमा हराइरहेछु,
न्यायको आवाज लिएर
भीडका नारामा आफ्नै अस्तित्व खोजिरहेछु ।
तर तिमी...
आज मलाई विर्सिँदैछौ-
गुरुको तात्विक चिह्न मेट्दै,
तिमीले देखाएको श्रद्धा
अब केवल छलछाममा परिणत भएको देख्छु ।
धुलोले भरिएको प्रदूषित हावामा
नाराको आवाज मिसिएको हाम्रो पीडा
न छ आफ्नै स्वास्थ्यको पर्वाह न थकाइको गुनासो
तर, तिमीले भूल्यौ त्यो बाचा,
जहाँ मैले तिमीभित्रको
‘मानव’ जगाएको थिएँ ।
तिमीले मलाई
‘शिक्षक’, ‘गुरु’, ‘टिचर’ भन्छौ-
तर तिनै शब्दहरूमा आज
म सिर्फ स्वार्थको षड्यन्त्र देख्छु ।
आफूलाई असल मानव बनाउने श्रेय
तिमीले मलाई दिइरहँदा
संशय छ आज मलाई
मेरो शिक्षामा केही कमी भयो कि भन्ने
तिमीले मेरो मर्यादाक्रम दयाले राखेजस्तो छ
तर याद गर-
मेरो आन्दोलन रहर होइन,
आत्मसम्मानको आवाज हो,
र, म तिमीझैँ केवल स्वार्थमा होइन,
राष्ट्रको भलोमा लड्न कहिल्यै पछि पर्दिनँ ।
राष्ट्रको भलोमा लड्न कहिल्यै पछि पर्दिनँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच