
ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका मिली बनेको विकासशील राष्ट्रहरूको संगठन बिक्स विश्व राजनीतिको नयाँ शक्ति केन्द्र बनेको छ । यस समूहले नयाँ सदस्य (इजिप्ट, इथियोपिया, इरान र युनाईटेड अरब एमिरेटस) थपेर विश्व समुदायको ४५ प्रतिशत प्रतिनिधित्व गर्न थालेपछि ग्लोबल साउथको भूमिका महत्वपूर्ण र प्रभावकारी भएको छ । ब्रिक्सको बढदो प्रभाव र ग्लोबल साउथको एकजुटताले अमेरिकालगायत पश्चिमाहरूलाई बढी चिन्तित एवं आक्रोशित बनाएको छ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो यस कार्यकालमा बढी आक्रामक भएर प्रस्तुत हुन चाहन्छ तर अमेरिका मात्रै अब विश्वको एक्लो महाशक्ति राष्ट्र छैन । भारत र चीनको बढदो प्रभाव, शक्ति र भूमिकालाई कसैले पनि अस्वीकार गर्न सक्दैन । अमेरिका भने कहिल्यै ब्रिक्सको प्रभावलाई स्वीकार गर्नेछैन तर अमेरिकाले प्रमाणपत्र बाँड्नुमा वा मान्यता दिँदैमा सबैथोक हुने होइन । सन् २०२५ मा र अबदेखि ब्रिक्सको भूमिका प्रभावकारी हुने निश्चित छ ।
सन् २००१ मा ब्राजिल, रूस, भारत र चीनले हासिल गरिरहेका द्रुत आर्थिक वृद्धिलाई मध्यनजर गर्दै अमेरिकी वित्तीय संस्था गोल्डेन स्याक्सका अर्थशास्त्री जिनओ नीलद्वारा नामांकित विक सन् २०१० मा दक्षिण अफ्रिका मिसिएपश्चात् ब्रिक्स बन्न पुग्यो । आज ब्रिक्समा दश सदस्य आठ साझेदार राष्ट्रहरू आबद्ध छन् भने २३ भन्दा बढी राष्ट्रहरू प्रत्यक्ष रूपमा जोडिन चाहिरहेका छन् ।
ब्रिक्स समूहले समयक्रमनुसार राजनीतिक महत्वसमेत प्राप्त गर्दै आएको छ । सन् २००६ मा कूटनीतिक समूह बनेर सन् २००९ मा पहिलो ब्रिक्स शिखर सम्मेलनमार्फत औपचारिक संस्था बन्यो । यो संस्थाको उद्देश्य बहुध्रुवीय विश्वलाई प्रवद्र्धन गर्नु थियो । सन् २०१० मा दक्षिण अफ्रिकामा यसमा समावेश भएसँगै यसको नाम ब्रिक्स बन्यो । सन् २००४ को १६औं शिखर सम्मेलनमा नयाँ सदस्यसहित ३६ राष्ट्रका नेता र अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधिहरूको सहभागिता थियो । यसले ब्रिक्सको बढदो भू-राजनीतिक महत्व झल्काउँछ । सन् २०२४ को शिखर सम्मेलनले दक्षिणी गोलाद्र्धबीच सम्बन्ध मजबुत बनाउन र बहुध्रुवीय विश्वलाई अघि बढाउन जोड दिएको थियो ।
सो सम्मेलनमा भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमाथि रुसको अतिक्रमणका बाबजुद आफ्नो कुटनीतिक महत्व देखाउन प्रयास गरेका थिए । यसबाहेक धेरै देशले समूहमा सामेल हुन चासो देखाइरहेकोले ब्रिक्स अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिने स्थितिमा देखिन्छ । केहीले यसलाई शीतयुद्धकालीन असंलग्न आन्दोलन (नाम) को उत्तराधिकारी पनि ठान्दछन् तर नामका सदस्य रुस र चीन थिएनन् ।
सन् २००१ मा ब्राजिल, रुस, भारत र चीनले हासिल गरिरहेका द्रुत आर्थिक वृद्धिलाई मध्यनजर गर्दै अमेरिकी वित्तीय संस्था गोल्डेन स्याक्सका अर्थशास्त्री जिनओ नीलद्वारा नामांकित विक सन् २०१० मा दक्षिण अफ्रिका मिसिएपश्चात ब्रिक्स बन्न पुग्यो । आज ब्रिक्समा दश सदस्य आठ साझेदार राष्ट्रहरू आबद्ध छन् भने २३ भन्दा बढी राष्ट्रहरू प्रत्यक्ष रूपमा जोडिन चाहिरहेका छन् ।
सन् १९७० को मध्यतिर संसदको दुईतिहाइ कूल गार्हस्थ उत्पादन पश्चिम र जापानले संयुक्त रूपमा गर्दथे । जबकि अबको ५ वर्षपश्चात् यही मात्राको उत्पादन अहिलेका विकासशील भनिएका ग्लोबल साउथका राष्ट्रहरूले गर्नेछन् । यिनै राष्ट्रहरूको संगठन ब्रिक्स अहिले वैश्विक अर्थतन्त्रको ४१ प्रतिशत भन्दा बढीको हिस्सेदार हो । जसमा चीनको १९ प्रतिशत र भारतको नौ प्रतिशत योगदान छ । यसबाहेक विश्वको सातौं अर्थतन्त्र इण्डोनेसिया, ब्राजिल, रूसलगायत तीव्र गतिका अर्थतन्त्रहरू पनि ब्रिक्समै छन् ।
पश्चिमलाई यति कडा चुनौती दिन सक्ने अवस्थामा पुगेको ब्रिक्स चाँडै नै अग्रणी विश्व संस्था पनि बन्नेछ । जिमओ नीलले सन् २००१ मा नै भविष्यवाणी गरेका थिए कि सन् २०५० सम्म ब्रिक्स राष्ट्रहरूले विश्वको आर्थिक बृद्धिमा प्रमुख भूमिकाको निर्वाह गर्नेछ र यी राष्ट्रहरूको आर्थिक प्रगतिलाई हेर्दा के अनुमान गर्न सकिन्छ भन्ने सन् २०३५ सम्म नै ब्रिक्स राष्ट्रहरूको विश्वको आर्थिक बृद्धिको नेतृत्व गर्नेछ, विश्वको अर्थतन्त्रको साँचो आफनो हातमा राख्नेछन् ।
ब्रिक्स अलिहे वैश्विक अर्थतन्त्रको ४१ प्रतिशत भन्दा बढी हिस्सेदार हो । विश्वको पहिलो, दोस्रो र चौथो ठूलो जनसंख्या क्रमशः भारत, चीन र इण्डोनेसिया भएको ब्रिक्सले आज संसारको आधाभन्दा बढी जनसंख्या ओगटेको छ । शारीरिक र मानसिक रूपमा ऊजावान मानव स्रोत त्यो पनि यति ठूलो संख्यामा हुनु भविषयमा ब्रिक्स अझ शक्तिशाली र समृद्धशाली हुँदै जाने संकेत हो ।
ब्रिक्स अलिहे वैश्विक अर्थतन्त्रको ४१ प्रतिशत भन्दा बढी हिस्सेदार हो । विश्वको पहिलो, दोस्रो र चौथो ठूलो जनसंख्या क्रमशः भारत, चीन र इण्डोनेसिया भएको ब्रिक्सले आज संसारको आधाभन्दा बढी जनसंख्या ओगटेको छ । शारीरिक र मानसिक रूपमा ऊजावान मानव स्रोत त्यो पनि यति ठूलो संख्यामा हुनु भविषयमा ब्रिक्स अझ शक्तिशाली र समृद्धशाली हुँदै जाने संकेत हो ।
विश्व भूराजनीतिक र भूरणनीतिका दृष्टिले आज संसारको अति महत्वपूर्ण मध्येको एक हिन्द प्रशान्त क्षेत्र पनि हो । एकातिर ब्रिक्सको उदयले विश्भर प्रभाव पारिरहँदा अर्कातिर हिन्द प्रशासन क्षेत्रभित्रकै दुई ब्रिक्स राष्ट्रहरूको बीचमा रहेको नेपाल पनि यसबाट अछुतो रहने छैन । उत्तरी छिमेकी चीन र अमेरिका पनि पटक-पटक आफनो पक्षमा खुलेर लाग्न नेपाललाई दबाब दिँदै आएको छ । एमसिसीमा हस्ताक्षर गरेको नेपाल बिआरआईमा पनि हस्ताक्षर गरिसकेको छ । दक्षिणी छिमेकी भारतको सुरक्षा चासो आफ्नो ठाउँमा हुँदैछ ।
नेपालको चौतर्फी विकासमा भारतले नेपाललाई महत्वपूर्ण निरन्तर सहयोग गर्दै आएको छ । भारतको प्रत्येक प्रस्तावमा आशंका व्यक्त गर्ने नेपालले एमसिसी र बिआरआई स्वीकार गर्न अन्यथा मानेन । बिआरआई पहलभित्र जिएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ), जिडिआई (ग्लोबल डेभलपमेन्ट इनिसिएटभ) र जिसिआई (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ) पनि आउँछ । अमेरिकी सुरक्षा छाता होस् अथवा चिनियाँ सुरक्षा छाता, नेपालले त्यसलाई ओढ्ने प्रयास गर्नबाट बच्न सक्नुपर्छ ।
कतिपय पश्चिमा विद्वानहरूले ब्रिक्सले दक्षिणी गोलाद्र्धलाई एकाबद्ध गर्ने सम्भावना न्यून रहेको अनुमान गरेका छन् किनभने प्रमुख तीन सदस्य राष्ट्रहरू चीन, भारत र रुस भूमध्य रेखाको उत्तरमा छन् र नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् । रुस र चीनले अमेरिकी प्रभावको प्रतिरोध गर्न साझा रुचि राख्दै ‘सीमाविहीन गठबन्धन’ घोषणा गरेका छन् । तर, यी दुई मुलुकबीचको रणनीतिक भिन्नता गहिरो छ । चीनको अर्थतन्त्र रुसको तुलनामा धेरै ठूलो छ र दुवैमध्य-एसियामा प्रभाव विस्तार गर्न प्रतिस्पर्धा गरिरहेका छन् । शीतयुद्धको बेला पनि रुस एउटा ध्रुवको नेतृत्व गरिरहेको थियो भने चीन अमेरिकी खेमामा थियो । चीनको आर्थिक विकासमा अमेरिकाको पनि ठूलो भूमिका छ । यसबाहेक रुसले युक्रेन युद्धमा उत्तर कोरियालाई समेटने प्रयासले चीनलाई असहज बनाएको छ ।
ब्रिक्स संस्थाका रूपमा सीमितताको अर्को महत्वपूर्ण कारण चीन र भारतबीचको प्रतिस्पर्धा हो, जहाँ भारत अहिले विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको देश बनेको छ र विश्वको चौथो ठूलो अर्थतन्त्र छ । चीन पनि रूस जस्तै जनसांख्यिकीय गिरावट भोगिरहेको छ, जबकि भारतको जनसंख्या र जनशक्ति निरन्तर बढ्दै छ । चीनले दक्षिण एशियाका देशहरूलाई भारतको विरुद्धमा उभ्याउन खोज्ने र भारतले पनि चीनका छिमेकी देशहरूलाई आफ्नो प्रभावमा पारी चीनलाई घेर्ने नीति लिएको देखिन्छ ।
त्यसैगरी चीन र भारतले हिमाल क्षेत्रमा विवादित सीमा साझा गर्दछ । भुटानको डोक्लाम र भारतको गलवान सीमाक्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको भीडन्तले यी दुई देशबीचको सम्बन्धमा तिक्तता थपेको थियो, जुन अहिले आएर सामान्य हुन थालेको छ तर यी दुई देशबीच नै अब प्रतिस्पर्धा रहने निश्चित छ । ब्रिक्सका देशहरबीच सुमधुर सम्बन्ध नरहोस् भने चाहना अमेरिका लगायत पश्चिमा राष्ट्रहरूको रहेको छ तथापि ब्रिक्सले नै सन् २०२५ देखि विश्व राजनीतिमा निर्णायक अग्रणी भूमिका निर्वाह गर्ने निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच