सुनको भाउ घट्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतिताेला ६००ले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?