शिक्षाका लागि विश्व बैंकको १५ अर्ब ८४ करोड

Read Time = 2 mins

काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि १५ अर्ब ८४ करोड रुपैयाँ अर्थात् एक करोड २० लाख डलर अनुदान सहयोग प्रदान गरेको छ । सरकारले अघि सारेको स्कुल क्षेत्र रूपान्तरण योजना कार्यान्वयनका लागि बैंकले उक्त सहयोग गरेको हो ।

सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले स्कुल शिक्षालाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विश्व बैंकको सहयोगमा प्राकृतिक प्रकोप प्रतिरोधात्मक कक्षा कोठा निर्माण, डिजिटल पठनपाठनका लागि आवश्यक सामग्री व्यवस्थापन तथा कोरोनाका कारण अध्ययन अध्यापनका समस्याको दु्रत समाधानका लागि प्रयोग गरिनेछ । उक्त सहयोगले दुर्गम क्षेत्रका छात्रा, अपांगता भएका, पिछडिएको समुदाय तथा न्यून आय भएका परिवारका विद्यार्थीले छदेखि आठ कक्षासम्मको अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् ।

गुणस्तरीय शिक्षा विकासमा लगानी गर्नुले नै देशमा सक्षम जनशक्ति उत्पादन र देशको समतामूलक आर्थिक विकासमा सहयोग पुग्ने विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशकले बताउनुभएको छ ।
यस्तै, सन् २०२१ को अप्रिल महिनाबाट कोभिड–१९ महामारीको संक्रमण नेपालमा फैलिएको थियो । जसकारण स्कुल बन्द रहेका थिए । सहयोगले न्यून आय भएका बालबालिकालाई सघाउने लक्ष्य लिएको बैंककी प्रोग्राम टास्क लिडर कार्तिका राधाकृष्ननले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?