कृषि बैंकको १३ प्रतिशत लाभांश पारित

Read Time = 2 mins

काठमाडौं । कृषि विकास बैंकको १६औँ वार्षिक साधारणसभा मंगलबार भक्तपुरमा सम्पन्न भएको छ । देशका अति दुर्गमदेखि सुगम ठाउँमा दुई सय ८० शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकको साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा भएको थियो । बैंकका करिब तीन लाख ६० हजार सेयरधनीका लागि साधारणसभाले ११ प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आगामी दिनमा बैंकलाई थप सशक्तरूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साधारणसभामा बैंक सञ्चालक समितिका सदस्य सुमन दाहाल, डा. राजेन्द्र मिश्र, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, रीता सुवेदीको उपस्थिति रहेको थियो । साथै सञ्चालक समितिमा समूह (ख) सर्वसाधारण सेयरधनीतर्फबाट तीन सञ्चालक सदस्य क्रमशः गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल र विनोदकुमार गुरागाईं आगामी चारवर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?