कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहाद्र्धपूर्णरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?