नेपाललाई चौथो सफलता, करणले लिए दुई विकेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ।

यसैक्रममा नेपालले चौथो विकेट लिएको छ। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए।

८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले त्यसपछि आर्यन लाक्रालाई १३ रनमा आउट गरे। त्यस्तै ललितको बलमा रमिज सहजाद १ रन बनाएर आउट भए। यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए। उनी सोमपाल कामीको बलमा ललित राजवंशीले क्याच आउट गरेका थिए।

यो समाचार तयार पार्दासम्म युएईले ११ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?