विराटनगर भन्सार यार्डमा आजदेखि कार्गो रेल आउने

दाहाल-मोदीले संयुक्त उद्‌घाटन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेपछि भारतको बथनाहबाट कार्गो रेल नेपालका लागि छुट्ने विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले जानकारी दिनुभयो ।

आज आउने कार्गो रेलले सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न फलाम उद्योगको कच्चा पदार्थ लिएर आउने उहाँले बताउनुभयो । रेलमार्ग सञ्चालनका लागि २०७५ कात्तिक ८ गते सफल परीक्षण भए पनि रेल सञ्चालन भएको थिएन।

भन्सार परिसरसम्म कार्गो रेल सञ्चालन नहुँदा औद्योगिक कच्चा पदार्थ लगायतका सामग्री भारतको बथनाहामै रेलबाट उतारेर अर्को साधनबाट भन्सार ल्याउनुपर्ने बाध्यता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?