अपराध नियन्त्रणका लागि प्रहरीको समुदाय प्रहरी साझेदारी अभियान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । अपराधिक घटनाहरु न्यनुीकरणका लागि नेपाल प्रहरीले संचालन गरेको समुदाय प्रहरी साझेदारी अभियान पूर्वी पहाडी जिल्ला भोजपुरमा पनि संचालन भईरहेको छ । यसले समुदाय स्तरमा हुने बिभिन्न घटनाहरु न्युनीकरणमा मद्धत पुग्ने भएकाले जिल्ला तहमा पनि दैनिक बिभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान प्रभावकारी देखिएकाले जिल्ला तहमा पनि यो कार्यक्रम संचालन भई रहेको प्रहरी प्रमुख डिएसपी थापा क्षेत्रीको भनाई रहेको छ । उहाँले भन्नुभयो, “समाजमा विभिन्न खाले अपराधका घटनाहरु बढ्दै गईरहेको छ, यस्ता अपराध नियन्त्रणमा प्रहरीले मात्र सम्भव नहुने भएकाले समुदाय स्तरलाई सचेत र सजग बनाउन यो प्रहरीले सचेतनामुलक कार्यक्रम थालेको हो ।”

जिल्ला प्रहरी कार्यालय भोजपुरले अहिले दैनिकरुपमा आफु मातहतका युनिटहरुलाई परिचालन गर्दे ग्रामीण स्तरहरुमा पनि सचेतना कार्यक्रम गर्दे आई रहेको छ । लागु औषत तथा मादक पदार्थ, लंगिक हिंसा, बहुबिवाह तथा बालबिवाह, यौन हिंसा, बिपद ब्यवस्थापन, साइबर अपराध लगायतका बिभिन्न सचेतनामुलक कार्यक्रमहरु अहिले जिल्ला तहमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत संचालन हुँदै आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

“प्रहरी एक्लैले सबै काम गर्न सक्दैन त्यसैले उसले मात्र गरोस भन्ने भावनालाई सबैले त्यागेर अपराध मुलक समाज निर्माणमा सवै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

जिल्ला तहमा संचालित कार्यक्रमले प्रहरी, स्थानीय तह, समुदाय सामाजिक संघ सस्था, विद्यालयबीच अपराध रोकथाम, सामुदायिक सुरक्षा र चेतनामा समेत बृद्धि गराएको पूर्व प्रहरी संगठन भोजपुरका अध्यक्ष कर्णबहादुर कार्कीले बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम हरेक पालिका, वडा, टोल, बालक्लव, महिला समुह, आमा समुह, विभिन्न विद्यालयसम्म पुग्ने गरी संचालन गरिनु पर्ने कार्कीको धारणा रहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले बिद्यालय तहमा अध्ययनरत बालबालिकाहरुलाई पनि अपराध मुलक कार्यमा नलाग्न र सचेत हुन प्रभावकारी भुमिका निर्वाह गरेको बिद्योदय माध्यमिक बिद्यालयका शिक्षक खोमराज धमलाले बताउनुभयो ।

भोजपुर जिल्लाका ९ वटै स्थानीय तहहरु समेटने गरी मातहतका प्रहरी युनिटहरुले समुदाय, बिद्यालय स्तरीय कार्यक्रमहरु संचालन गर्दे आई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?