-कृष्ण बिष्ट
बतडी । बैतडीको पाटन विमानस्थलमा दुई महिनादेखि जहाज चल्न सकेका छैन । लुक्ला र जोमसोतिर पर्यटकहरूको घुईचो हुने गरेका कारण पाटन धनगढी विमान सञ्चालनमा नआएको पाटन विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर चेतराज भट्टले जानकारी दिनुभयो ।
समिट एयरले पर्यटकीय क्षेत्रहरूमा बढी उडान भरिरहेको हुनाले पाटन आउन नसकेको उहाँले बताउनुभयो । ‘लुक्ला जोमसोमतिर पर्यटकहरूको भिडभाड छ, बढीजसो फ्लाईट उतै भईरहेको छ ।’ एयर ट्राफिक कन्ट्रोलर भट्टले भन्नुभयो, ‘एक दुई हप्तापछि आउने भन्ने कुरो छ ।’
गत चैत १० गते उडान भरेको समिट एयरका जहाज त्यसपछि नआएको समिट एयर बैतडीका सम्पर्क ब्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिनुभयो । हरेक साताको बिहीबार धनगढी-पाटन र पाटन-धनगढी सञ्चालनमा आउने गरेको थियो ।
यता, धनगढी विमानस्थलले भने अबको दुई हप्तापछि विमान नियमित सञ्चालनमा आउने जनाएको छ । पाटनमा सुरुदेखि नै समिट एयरले उडान भर्दै आएको छ । यात्रुहरूका अनुसार भाडा पनि बढी भएको गुनासो आउने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच