काठमाडौं । ‘नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक भएको छ । गायक तथा संगीतकार शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’ को रिमेक भर्सन सार्वजनिक भएको हो ।
रिमेक भर्सनको गीतमा संगीतकार बाँस्कोटाको स्वर, शब्द र संगीत छ । उहाँलाई स्वरमा पाल्मु शेर्पाले साथ दिनुभएको छ । गीत शम्भुजितले ४६ वर्षअघि रेडियो नेपालमा गाउनुभएको थियो । गीतमा चाँद सिंहको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पालाई फिचर्ड गरिएको छ । भिडियोको निर्माता गायिका पाल्मु नै हुनुहुन्छ ।
हरि हुमागाईंको डिओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटिको मेकअप, प्रवीण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच