वासुको कवितासंग्रह सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कवि तथा नाटककार वासु शशीको कवितासंग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक गरिएको छ । कवि वासु शशीका आठ कविता कृतिबाट ११८ वटा कविता, गीत, मुक्तक छनोट गरी संग्रहमा समावेश गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्जकहरू कालीप्रसाद रिजाल, यादव खरेल, गणेश रसिक तथा वासु शशी पत्नी जुलुम वैद्यलगायतले सामूहिक रूपमा कृति सार्वजनिक गर्नुभयो । वक्ताहरूले सार्वजनिक कृति शशीको प्रतिनिधि कवितासंग्रह भएको उल्लेख गर्नुभएको थियो । शशीका सबै विधाका गरी २३ कृति प्रकाशित छन् ।

कार्यक्रममा गीतकार कालिप्रसाद रिजालले वासु शशीको आत्मा नै कविता भएको उल्लेख गर्नुभयो । साहित्यकार यादव खरेल, कवि मोमिला जोशी कृतिका सम्पादक राजकुमार बानियाँँ, आयोजक संस्था वासु-शशी स्मृति परिषद्का अध्यक्ष सर्जक गणेश रसिकलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?