पाँचथर । पाँचथरको फिदिम नगरपालिका-२ कृष्णमन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका-१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते उहाँलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो । दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु भएका अर्का एक व्यक्तिको पनि पहिचान खुलेको छ ।
प्रहरी निरीक्षक मिलन थापाकाअनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए । घाइतेहरुमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ ।
झापाबाट फिदिम आउँदै गरेको मे१ज १९४१ नंको जिप हिजो दिउँसो १२ः१५ बजे फिदिम नगरपालिका-२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको हो । चालकले घुम्तीमा मोड्न नसक्दा उक्त उक्त जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच