कांग्रेस सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको हो ।

सुन तस्करीमा प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले अनुसन्धान प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्ने उहाँले भनाइ थियो ।

भारतलगायत देशको उदाहरण पेश गर्दै उहाँले भन्नुभयो, ‘उहाँहरुले यो अनुसन्धानलाई सहज बनाउनको लागि अहिलेलाई मुख्य सुनको मालिक पत्ता नलागेसम्म राजीनामा गरेर प्रजातान्त्रिक यो अभ्यासलाई कदर गर्नुपर्छ ।’

‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपथ्र्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो’ उहाँले भन्नुभयो, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’ उहाँले भन्नुभयो ।

यसअघि नैतिकताका आधारमा मन्त्रीबाट राजीनामा दिएका घटनालाई स्मरण गराउँदै सांसद शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिएर सुन तस्करीको छानबिनामा सहयोग गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?