खोटाङ । एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक सरुवा रोग ‘डेंगु’बाट बच्न लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, शसस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले शुक्रबार बिहान मानिसको जनघनत्व रहेको दिक्तेलबजारमा जनचेतनासहित लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर विसन राईको नेतृत्वमा दुई समूहमा विभाजन भएर स्वास्थ्यकर्मीसहितले गमला, फुलदानी, खाली बट्टा, अल्कक्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायरहरुमा पानी जम्न नदिने, जमेका पानीमा भेटिएका लार्भा नष्ट गर्दै त्यस्ता स्थानहरुमा लामखुट्टे मार्ने विषादी समेत छर्केको छ ।
आवश्यकता र लामखुट्टे उत्पादन हुने(पानी जम्ने खाल्डाखुल्डी, खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायरहरु र ग्यारेजहरु)स्थानमा लामखुट्टे मार्ने विषादी पुनः छर्किने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताउनुभयो ।
गत असारयता हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण पुष्टि भईसकेको छ । उनीहरुलाई उपचार गरेर आवश्यक परामर्श दिई घर पठाईएको अधिकारीहरुले बताएका छन् ।
एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, वाकवाकी लाग्ने, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांशपेशीहरु दुख्नु, शरीरमा विमिरा आउनु, रक्तश्राव हुनु डेंगुका मुख्य लक्षणहरु हुन् ।
शरीरका छालाहरुमा रगत जमेका जस्ता दागहरु देखा पर्नु, नाक तथा गिजाबाट रगत बग्नु, पेट दुख्नु तथा कालो दिशा आउनु, खाना तथा पिउन गाह्रो हुनु, फरक किसिमको व्यवहार तथा बेहोस हुनु, शास फेर्न गाह्रो हुनु तथा हातखुट्टा चिसो हुनु, पिशाव कम मात्रामा आउनु डेंगुका जटिल लक्षण भएको चिकित्सकहरु बताउँछन् ।
डेंगुबाट बच्न के गर्ने ?
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ, थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कक्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायरहरुमा पानी जम्न नदिने, पानीका ट्याँक्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राख्ने, कुलर, एसी र फ्रिजको वास्ट बक्समा रहेको पानीमा प्रत्येक हप्ता एक वा दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्ने गर्नुपर्दछ ।
यस्तै, यस लामखुट्टेले दिउँसो टोक्ने हुंदा दिउँसो बस्दा पनि प्रायः पुरा बाहुला वा शरीर पुरै ढाक्ने लुगा लगाउनुपर्दछ, संम्भव भएसम्म दिउँसो सुत्दा झुलको प्रयोग गर्ने साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ, लामखुट्टे भगाउने मलहम दल्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरीपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र डेंगु रोगको लक्षण चिन्ह देखिने वित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच