जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि शुरु

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो ।

यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?