धनगढी । कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताहुने भएको हो ।
प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ टीमको सहभागिता रहने आयोजकले जनाएको छ । लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज २७ र २८ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । मुख्य प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एसके र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव तथा प्रतियोगिता संयोजक विराज रोस्याराले हस्ताक्षर गर्नुभयोे ।
सुदूरपश्चिमको पहिलो निजी क्षेत्रबाट हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिँदै आएको छ । हिमालयन गौरीशंकर डेन्टल क्लिनिक दन्त सेवा, दन्त सेवाका प्रविधिसहित अस्पतालको रूपमा सञ्चालनमा छ । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सहप्रायोजकमा माया मेट्रो हस्पिटल छ । प्रतियोगिता आयोजनामा ज्योति आयल स्टोर, नवजीवन अस्पताल, सनराईज बैंक, एभरेष्ट बैंक, फ्ल्याटल्याण्ड फुटसललगायतले सहयोग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच