काठमाडौं । एभिएम टेबलटेनिस क्लब स्ट्याग ग्लोबल टेबलटेनिस लिग प्रतियोगितामा च्याम्पियन बनेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको रोमाञ्चक फाइनलमा एभिएमले नेपाल प्रहरी क्लबलाई ८-६ ले पराजित गर्दै विदेशी खेलाडी सहभागी गराएर नेपालमा पहिलोपटक आयोजना गरिएको टेबलटेनिस लिग च्याम्पियन बन्न सफल भयो ।
एभिएमका खेलाडीमा रुविन महर्जन, सुजन गडाल, सन्जिल शाक्य, अंकुर भट्टचार्जी (भारत), कौसनी नाथ (भारत), सिक्का सुवाल श्रेष्ठ, इभाना थापा मगर र वियंका राई हुनुहुन्थ्यो । प्रहरीको टोलीमा संयोग कपाली, विपुल महर्जन, निम जोशी, जुविन कुमार (भारत), नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ, रविना महर्जन र सागरिका मुखर्जी (भारत) हुनुहुन्थ्यो ।
प्रतियोगितामा हरेक टोलीले अर्को टोलीविरुद्ध समान दुई-दुई पुरुष/महिला सिंगल्स र एक मिक्स डबल्स खेल्नुपर्ने थियो । पहिलो पुरुष सिंगल्समा एभिएमका अंकुरले प्रहरीका संयोगलाई ११-५, ११-७ र ११-६ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्नुभयो । महिलाको पहिलो सिंगल्स दुई भारतीय खेलाडीबीच भएको थियो । प्रहरीकी सागरिकाले एभिएमकी कौसनीलाई ११-९, ११-८ र १०-११ हराउँदै प्रहरीका लागि दुई अंक जोड्नुभयो । दोस्रो सिंगल्सको समाप्तिमा एभिएमले चार–दुईको अग्रता बनाएको थियो । प्रत्येक सेट जितका लागि टोलीले एक अंक पाउँथे । मिक्स डबल्समा एभिएमका अंकुर र सिक्काको जोडीले प्रहरीका संयोग र सागरिकाको जोडीलाई ११-८, ३-११ र ११-८ ले पाखा लगाउनुभयो । मिक्स डबल्सको समाप्तिमा एभिएम ६-३ ले अघि रहृयो । समग्रमा तेस्रो र दोस्रो पुरुष सिंगल्समा प्रहरीका जुविनले एभिएमका रुविनलाई ११-९, ११-५ र ११-७ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्नुभयो र खेललाई ६-६ को बराबरीमा पुर्याउनुभयो ।
निर्णायक महिला सिंगल्समा एभिएमकी इभाना थापा मगरले नौपटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नवीतालाई ११-९ र ११-८ ले स्तब्ध पार्दै एभिएमलाई उपाधि दिलाउनुभयो । यदि नवीताले दोस्रो सेट जितेको भए खेल सात-सातको बराबरी स्थितिमा हुने थियो र खेल तेस्रो सेटतर्फ लम्कने थियो । इभानाले एभिएमका लागि आठ अंक जोडेपछि तेस्रो सेट खेलाउनुपरेन ।
विजेताले दुई लाख तथा उपविजेताले एक लाख नगद पुरस्कार पाए । तेस्रो भएका आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र कान्तिपुर भ्याली पिङपोङ क्लबले समान ५०-५० हजार नगद पुरस्कारमा चित्त बुझाउनुपर्यो ।
प्रतियोगितामा यी चार टिमसहित नेपाल आर्मी, गोड स्पिन टेबलटेनिस एकेडेमी, नेपाल एपिएफ क्लब, ज्ञान भैरव डिल्लीबजार टेबलटेनिस क्लब र नगाउँ स्पोर्ट्स क्लब गरी नौ टिम सहभागी थिए । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्सको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रत्येक टिमले एक-एक विदेशी पुरुष/महिला खेलाडी राख्न पाउने प्रावधान थियो ।
चार टिम गोड स्पिन, ज्ञान भैरव, आर्मी र नगाउँले विदेशी खेलाडी राखेनन् । बाँकी सबैले भारतीय खेलाडीलाई आ-आफ्नो टोलीमा अनुबन्ध गरे । सुरुमा सहभागी नौ टिमबीच राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा भएको थियो । शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गरेका थिए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघ, तदर्थ समितिका संयोजक चतुरानन्दराज वैद्य र उप-संयोजक वृजेन्द्र हमाल, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक आरआर जोशी, सह-प्रायोजक सुमन खड्गीलगायलते एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच