नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा जारी दोस्रो सुनवल औद्योगिक व्यापार मेलामा स्थानीय उत्पादन आकर्षणको केन्द्र बनेको छ । मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको मेला आयोजक समितिका संयोजक तथा सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो ।
स्थानीय उत्पादन रहेका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको उहाँको भनाइ छ । ठूला कम्पनी र व्यावसायिक घरानाका स्टलभन्दा स्थानीय उत्पादन मह, फलफूलका नर्सरी, हस्तकला, डालो, टपरी, ढाकाटोपी, अम्रिसो कुचोलगायतका स्टलमा आकर्षण देखिएको हो । मेला अवलोकनमा आउनुभएकी सुनवल ११ की मिना भण्डारी मेला महोत्सवको मूल उद्देश्य नै स्थानीय उत्पादनमा जोड दिने हो, यसको अधिकतम् फाइदा स्थानीयले नै लिनुपर्छ भन्ने हो, मेलामा स्थानीय उत्पादनले ठाउँ पाएकोमा खुसी लाग्यो ।
मेलामा घरेलु तथा साना उद्योगका उत्पादनका लागि निःशुल्क स्टलको व्यवस्था छ । स्टल भाडा महँगो भएकाले स्थानीय उत्पादन मेलामा सहभागी नभएको गुनासोपछि यस वर्षदेखि जिल्लाका साना उद्योग र हस्तकलाका सामग्रीलाई निःशुल्क स्टलकोे व्यवस्था मिलाइएको मेला आयोजक सुनवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताउनुभयो ।
मेलामा विभिन्न जातजाति तथा समुदायको भेषभूषा तथा संस्कृति झल्किने खालका घरसमेत निर्माण गरिएकाले पनि फोटो खिचाउने र अवलोकन गर्नेको भिड बढेको बताइएको छ । मंसिर २१ गते सुरु भएको मेला आजसम्म सञ्चालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच