काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्ट्स सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डरअनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।
मल्ल एसियन गेम २०२३ उद्घाटन खेलमा मंगोलियाविरुद्ध टी-२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल हुनुभएको थियो । मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले हस्तान्तरण गर्नुभएको थियो । अवार्ड साथै मल्ललाई एक लाख एक हजार रुपैयाँको चेक पनि प्रदान गरिएको छ । सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार रुपैयाँबराबरको ट्रेनिङ स्कलरसिप पनि प्रदान गरिएको थियो ।
स्कलरसिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीमध्ये एकजना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्घ हुनुहुन्छ । स्कुलका चेयरपर्सन आचार्यले भन्नुभयो, ‘संस्कृति सदैव आफ्ना विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै सामाजिक विकासमा पनि योगदान गर्न प्रतिबद्ध रहेको छ । वार्षिकरूपमा प्रदान गरिने यस संस्कृति स्पोर्ट्स सम्मानमार्फत् हामीले राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्दै विद्यार्थीमा सामाजिक उत्तरदायित्व बोध गराउने लक्ष्य राखेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच