काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुले पालो पुर्याउँदै मन्त्री बनाउँदै जानाले मात्र समाजवाद नआउने कटाक्ष गर्नुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद स् चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा वरिष्ठ नेता पौडेलले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगर्ने हो भने समाजवादको कुरा गर्नु अर्थ नभएको बताउनु भएको छ ।
उहाँले मन्त्री बन्न सबैको पालो पुर्याउनुपर्ने चरित्र समाजवादी नभएको बताउँदै समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ भन्दै प्रश्न गर्नुभयो । उहाँले समाजवादको नारा फलाक्ने तर घोर प्रतिक्रियावादी कामहरू गर्नु उपयुक्त नभएको बताउनु भयो ।
नेता, कार्यकर्ता सबैको संस्कार बदले मात्र समाजवाद आउने उहाँले भनाइ थियो ।
नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका आफ्ना चार जनालाई फिर्ता बोलाएर नयाँ नेतालाई सरकारमा पठाएको छ । शहरी विकास मन्त्री रहनु भएको रामकुमारी झाँक्री आइतबार मन्त्रालयले आयोजना गरेको विदाईमा धर्धरी रुनुभएको थियो । सोही कुरालाई इंगित गर्दै नेता पौडेलले यस्तो बताउनु भएको हो ।
नेता पौडेलले समाजवादको नारामा प्रतिक्रियावादी प्रवृति देखाउने गरिएको भन्दै अब राजनीतिक दलका नेता तथा कार्यकर्ता बदलिनुपर्ने आवश्यकता रहेको
बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच