अशोक कोरिया प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै हुनुहुन्छ । जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । अशोक पारा तेक्वान्दोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ ।

अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनीत हुनुहुन्छ । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनीत गरेको अशोकले जनाउनुभएको छ । क्याडेटको प्रतियोगिता जुलाई २८ देखि ३१ तथा जुनियरको अगस्ट २ देखि ७ तारिखसम्म बुल्गेरियाको सोफियामा हुँदैछ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनीत हुने अशोक एक्लो हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?