काठमाडौं । चलचित्र ‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर युट्युबमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । लोकशैलीको गीतमा मोडल आश्मा विश्वकर्मा, अभिनेता अरुण क्षेत्री, विपिन कार्की र अभिनेत्री वर्षा राउतको आकर्षक र रोमान्टिक नृत्य देख्न सकिन्छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिनुभएको छ । खुलामञ्चमा आकर्षक सेट बनाएर छायांकन गरिएको यो गीत पाँच दिन लाएर खिचिएको गहतराज बताउनुहुन्छ । एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ ।
प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य मुख्य भूमिकामा हुनुहुन्छ । राजाराम पौडेल, अर्जुनजंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, दिव्य देव, गौमाया गुरुङ, प्रकाश घिमिरे, सुमन कार्की, रजनी गुरुङलगायतको चलचित्रमा अभिनय छ । षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको यो आगामी चैत ९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ ।
रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको ‘महाजात्रा’को निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुनुहुन्छ । पुरुषोत्तम प्रधानको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रमा निर्देशक भट्टराई स्वयंको लेखन छ । सफल चलचित्र ‘जात्रा’ फेन्चाइजको यो तेस्रो शृंखला हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच