काठमाडौं । नेपाल रग्वी संघको आयोजनामा यही फागुन ६ गतेदेखि १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ को आयोजना हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपिएफ क्लब र गोर्खाली रग्वी क्लबले सहभागिता जनाउने भएका छन् । नेपाल रग्वी संघका महासचिव गोविन्द घिमिरेले आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाउनुभएको छ । उद्घाटन खेलमा गोर्खाली रग्वी क्लब र नेपाल प्रहरी खेलकुद क्लब भिड्ने भएका छन् भने दोस्रो खेलमा एपिएफ क्लब नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन ६ गते, ९ गते र १२ गते सञ्चालन हुनेछ ।
राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई संघले यस वर्षदेखि रनिङ ट्रफी प्रदान गर्न लागेको संघका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पाउनेछन् ।
नेपाल रग्वी संघले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौँ सस्करण हो । यसअघिका चारवटै संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो । निकै रोमाञ्चकरूपमा टुंगिएको सो प्रतिस्पर्धामा त्रिभुवन आर्मीले अन्तिम सेकेण्डमा ‘ट्राइ’ गर्दै गोर्खाली क्लबलाई पराजित गरेको थियो । यसपाली गोर्खाली क्लबले ट्रफी जित्ने गरी तयारी गरेको टिम कप्तान विक्रम पुरीले बताउनुभयो ।
त्यसका लागि गोर्खाली क्लबले पाँच विदेशी खेलाडीलाई बोलाएको गोर्खाली क्लबका मेनेजर सुरेन्द्र कुँवरले बताउनुभयो ।
उहाँका अनुसार गोर्खाली प्रतियोगिता खेल्न जापान, भारत र इंग्याण्डका खेलाडी नेपाल आइसकेका छन् भने दुई खेलाडी आउने क्रममा छन् ।
नेपाल रग्वी संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रतियोगितामा पाँच विदेशी राख्न पाउने र त्यसमा एकपटकमा तीन खेलाडी मैदान प्रवेश गर्न पाउने नियम बनाइएको बताउनुभयो । उहाँका अनुसार नेपालले बंगलादेशसँग रग्बी १५ को दुई देशीय प्रतियोगिता खेल्न नेपाल निम्त्याउन लागेको छ । उक्त प्रतियोगिता आगामी वैशाख महिनामा गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच