काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुस्मा तामाङले १८ औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको छ । दीपकले २०७९ को फागुनमा नेपालमा भएको १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्नुभएको छ ।
सुस्माले थाइल्याण्डमा सम्पन्न एएसबिसी यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौल समूहमा रजत पदक जित्नुभएको छ । नेपाली बक्सिङको इतिहासमा सुस्माले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेको यो पहिलोपटक थियो । दुवैले समान १-१ लाख नगद पुरस्कार पाउनुभयो ।
शंखमूलस्थित यल दरबार बैंक्युटमा भएको अवार्डअन्तर्गत पुरुषमा क्रिकेटका रोहितकुमार पौडेल र महिलामा पौडीकी डुवाना लामाले प्रतिभाशाली खेलाडीको अवार्ड हात पार्नुभयो । दुवैले जनही ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । पारा एथलिट अवार्ड भारोत्तोलक दुर्गामान तामाङलाई प्रदान गरियो । उहाँ १५ हजार नगदसहित पुरस्कृत हुनुभयो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा ललितपुर महानगरपालिकाले सह–आयोजना गरेको अवार्डअन्तर्गत टेबलटेनिसका धर्ममान बज्राचार्यले गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्ड प्राप्त गर्नुभयो । उहाँलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो । खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयालले एनएनआइपिए खेल पत्रकारिता अवार्ड पाउनुभयो । उहाँले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । सातै विधाका अवार्ड विजेतालाई नगदसहित स्पोर्ट्स युनिभर्सको गिफ्ट हृयाम्पर पनि प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशमा २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । प्रत्येक खेलबाट १–१ का दरले ३६ खेलाडी पुरस्कृत हुनुभयो ।
पुरस्कृत हुनेमा आर्चरीकी प्रशदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुस्मा तामाङ, शारीरिक सुगठनका असीमबाबु गुरुङ, बुद्धिचालका रूपेश जैसवाल, क्रिकेटका रोहितकुमार पौडेल, साइक्लिङका सुरज राना मगर, फेन्सिङकी शिक्षा नापित, फुटबलका किरण चेम्जोङ, फुल कन्ट्याक्ट कराँतेका सन्देश मानन्धर, गल्फका सुवास तामाङ, जिम्न्याष्टिकका राजु राई, हृयाण्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी, आइटिएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ र कबड्डीकी अनुजा कुलुङ राई हुनुहुन्छ ।
त्यस्तै, कराँतेका विजय श्रेष्ठ, खो खोकी सरस्वती कठायत, लन टेनिसकी सलोनी तामाङ, प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा, रग्बीका निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापा मगर, सुटिङका सुजन राना मगर, सफ्ट टेनिसका युकेश योञ्जन, पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, तेक्वान्दोकी काजल श्रेष्ठ, ट्रायथलनकी श्रेबी महर्जन, भलिबलका रविन चन्द, भारोत्तोलनकी जुनुमाया छन्त्याल, उसुका समन घुश्री र कुस्तीका सुरेश चुनारा पुरस्कृत हुनुभयो । पुरस्कृत सबैले जनही १० हजार नगद पुरस्कार पाउनुभयो । यिनै ३६ उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली पुरुष/महिला खेलाडी छनोट गरिएको हो ।
खेलाडीलाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडिया, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्ट, खेलाडी संघका संस्थापक अध्यक्ष राजेश्वरमान स्थापितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच