मुविक्क्षा र रोजनलाई दोहोरो पदक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ तेक्वान्दो एकेडमीद्वारा भारतको आसाममा आयोजित ओपन इन्डिया कुक्किवन डिस्पाच इन्टरनेसनल च्याम्पियनसिपमा जैसिदेवल तेक्वान्दो डोजाङका खेलाडीद्वय मुविक्क्षा गजुरेलले सबजुनियर क्याटागोरीमा ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ कास्य तथा रोजन प्रजापतीले क्याडेट क्याटागोरीमा ग्योरोगीतर्फ रजत र पुम्सेतर्फ कास्य पदक जित्न सफल हुनुभयो ।

जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङका ११ खेलाडीले प्रशिक्षक अन्जित राई, टिम व्यवस्थापक रमेश प्रजापती, अफिसियल भरत कारञ्जितको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै ग्योरोगीतर्फ मुविक्क्षा गजुरेल, आश्ना राना मगर र झरना थापा मगरले स्वर्ण पदक, रोजन प्रजापती, सोनी बानियाँ, राजीव गुरुङ र समर्थध्वज जोशीले रजत पदक, सन्देश राई, राहुल लिम्बू र समर लामाले कास्यपदक साथै पुम्सेतर्फ सुरेश हाङ लिम्बू, रोजन प्रजापती र मुविक्क्षा गजुरेलले कास्य गरी नेपालका लागि १३ पदक जित्न सफल हुनुभयो ।

उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी/पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले ग्रान्ड जुरीको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा सहभागिताका लागि लागेको दुई लाखभन्दा बढी रकम जैशिदेवल युथ क्लबले बेहोरेको अन्तर्राष्ट्रिय प्रशिक्षक/अन्तर्राष्ट्रिय निर्णायक तथा क्लबका अध्यक्ष राजेश प्रजापतीले जानकारी दिनुभयो ।

जैशिदेवल युथ क्लबले न्यूनतम शुल्कमा तेक्वान्दो तालिम, निम्नवर्गीय खेलाडीहरूलाई निःशुल्क तालिम, निःशुल्क तेक्वान्दो पोसाक वितरण तथा शैक्षिक छात्रवृत्तिसमेत प्रदान गर्दै आएको जानकारी क्लबका अध्यक्ष राजेश प्रजापतीले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?