काठमाडौं । हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको नक्सालमा ‘हिमालयको रहस्य-सिर्जनावृति’ शीर्षकमा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा कुलपति हार्तम्छालीले प्रतिष्ठानले प्रदर्शनीमार्फत दुई फरक विषयलाई समेट्न खोजेको बताउनुभयो ।
उहाँले ‘हिमालयको रहस्य’ प्रदर्शनीमार्फत नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असरलाई उजागर गर्न खोजेको जनाउनुभयो । उहाँले ‘सिर्जनावृत्ति’ कला प्रदर्शनी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ का राष्ट्रिय ललितकला पुरस्कार विजेताहरूलाई हौसला प्रदान गर्न गरिएको जानकारी गराउनुभयो । ‘वातावरण परिवर्तनले हिमालमा परेको प्रभावलाई कलाकारले कलामार्फत कलात्मक रूपले प्रस्तुत गर्नुभएको छ । हिमाल बचाउने अभियानमा कलाकारको पनि विशिष्ट भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको हो’, कुलपति हार्तम्छालीले भन्नुभयो । उहाँले कलामार्फत हिमालमाथि भइरहेको दोहनलाई प्रस्तुत गरिएको जिकिर गर्नुभयो ।
प्रदर्शनीमा अनिता भट्टराई, वि.आर.श्रेष्ठ, नरबहादुर विके, लीलाधर केसी, निमबहादुर तामाङलगायत ६९ जना कलाकारका ७० भन्दा बढी हिमाल, जनजीवन, जलवायु परिवर्तनको प्रभावबारे सन्देश दिने चित्रकला राखिएका छन् । प्रदर्शनी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच