काठमाडाैं । टर्की प्रहरीले इन्टरपोलको रेड नोटिस अन्तर्गत अन्तर्राष्ट्रिय रूपमा खोजिएका एक संदिग्धलाई पक्राउ गरेको छ । देशका आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी गराउनुभएको हो ।
कजाकिस्तान नागरिक नुरलान झारिम्बेतोभलाई टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनको क्रममा पक्राउ गरिएको थियो । उनी ठगी र दुईवटा छुट्टाछुट्टै चोरी मुद्दामा अन्तर्राष्ट्रिय स्तरमा खोजीका क्रममा थिए ।
राष्ट्रिय र प्रदेश संगठित अपराध बिरोधी संस्थाहरुले संयुक्त रुपमा उक्त अपरेशन गरेका थिए ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच