घरको छतबाट खसेर एक जनाको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाही जिल्ला सदरमुकाम मलंगवा नगरपालिका-९ मा घरको छतबाट खसेर गएराति एक पुरुषको ज्यान गएको छ ।

मलंगवा-९ का दिनेश राउतको घरमा डेरा गरी बस्ने मलंगवा-१० का ४५ वर्षीय सन्तोष राउतको छतबाट खसेर ज्यान गएको हो ।

राति घरको छतबाट खसेका सन्तोषलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले बताउनुभयाे ।

उहाँले घटनाका विषयमा प्रहरीले थप बुझ्दै गरेकाे बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?