काठमाडौं । यही जेठ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लण्डन टु पेरिस’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार ओएसआर डिजिटलको युट्यूब च्यानलमार्फत तीन मिनेट लामो सार्वजनिक ट्रेलरमा त्रिकोणत्मक प्रेम सम्बन्धको झल्को झलक देखिन्छ ।
घनश्याम लामिछाने निर्देशित यो चलचित्रको ट्रेलरमा डेब्यू अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह तथा डेब्यू अभिनेत्री गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ । निश्चलको साथीको रूपमा देखिनुभएका कविरलाई पनि ट्रेलरको अन्तिममा गरिमाको प्रेममा परेको देख्न सकिन्छ ।
चलचित्रले ट्राभल लभ स्टोरीको कथा प्रस्तुत गरेको छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वजले लेख्नुभएको हो । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमासहित कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय छ ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको यो चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहनुभएको छ ।
सनिश खकुरेल र अजित केआर थापा फिल्मको सहनिर्माता हुनुहुन्छ भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नाण्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर डिजाइन रहेको छ । फिरोज खड्का मुख्य सहायक निर्देशक रहेको यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच