काठमाडौं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताउनुभएको हो ।
उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक वृद्धि भएको हो । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई अघिल्लो वर्ष दुई अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याएको थियो । यस्तै, सरकारले खेल पूर्वाधारमा एक अर्ब ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा खेल पूर्वाधारमा एक अर्ब ३० करोड छुट्याइएको बताउनुभएको हो ।
सरकारले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदान र गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने बताएको छ ।
यस्तै, आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा भित्र्याउनका लागि राष्ट्रिय टिमको तयारीका साथै खेलाडीलाई प्रोत्साहन गरिने सरकारको योजना छ ।
यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा विभिन्न विधाका ८० वटा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ भने सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड विनियोजन गरेको छ ।
नेपालको मौलिक खेल एवं परम्परागत घोडाचढी, डण्डीबियो, बाघचाललगायत खेलको प्रवद्र्धन गर्ने, आधुनिक प्रविधियुक्त इ-स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण अघि बढाइनुका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच