सेनाको दुवै टिमलाई सफलता

Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौँ आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग-२०७९ मा सोमबार सफलता हात पारेका छन् । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिलातर्फ सेनाले एभरेस्ट भलिबल क्लब, रूपन्देहीमाथि २५-१९, २५-७, २५-१८ को जित निकालेको हो । सेनाले आफ्नो खातामा तीन अंक जोड्न सफल भयो ।

यस्तै पुरुषतर्फ पनि सेनाले जित निकाल्यो । सेनाले गण्डकी प्रदेश भलिबल क्लबलाई २५-१९, २५-८, २५-१८ ले जित निकाल्दै ६ अंकका साथ अग्रस्थानमा रहन सफल भयो । प्रतियोगिताको पहिलो दिन पनि सेनाले अर्को विभागीय टोली एपिएफलाई २५-२३, २५-१८, २५-२२ ले पराजित गर्दै तीन अंक जोडेको थियो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फ विभागीय टोली पुलिस क्लबले अर्को विभागीय टोली एपिएफलाई २५–२०, २५-२३, १७-२५ र २५-१६ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो । पुरुषतर्फ टिपटप हेल्प नेपाल भलिबल क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-२१, २७-२५, २५-२० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।

यस्तै महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । एभरेस्टले न्यु डायमन्डमाथि २७-२५,१३-२५,२०-२५,२५-२१ र १५-१३ को संघर्षपूर्ण सेटमा जित निकालेको हो । एभरेस्टको यो पहिलो जित हो । न्यु डायमन्डले भने हारबाट लिगको सुरुवात गरेको छ ।

लिगमा पुरुषतर्फ सात टिम र महिलातर्फ पाँच टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गलकोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र एभरेस्ट मावि रहेका छन् । विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख ५० हजार र चौथोले ७५ हजार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?