काठमाडौं । पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बसको खोजीका लागि भारतीय उद्धार टोली परिचालन गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस र यात्रु अहिलेसम्म भेटिएका छैनन् । नेपाली टोलीले शुक्रबारसम्म खोजी गर्दा पनि नभेटिएपछि भारतीय टोली खोजीमा खटिएको हो ।
यसअघि सरकारले बस र यात्रुको खोजीका लागि भारतसँग सहयोग मागेको थियो । भारतका खटिएको १२ सदस्यीय उद्धार टोली शुक्रबार राति हिँडेको र आज बिहान घटनास्थल आइपुगेको चितवन प्रहरीले जनाएको छ ।
सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका थिए ।
घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच