जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्वीर

बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका-६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाराबाट उक्त मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेश गरिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?