
वेष्ट इण्डिज । वेष्ट इण्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो टेष्ट जितेको छ । दोस्रो टेष्टमा पाहुना टोली दक्षिण अफ्रिका ४० रनले विजयी भएको हो । दोस्रो टेष्टमा विजयी भएसँगै पाहुना टोलीले सिरिज १-० ले जितेको छ । दुईबीचको पहिलो टेष्ट बराबरीमा सकिएको थियो । दक्षिण अफ्रिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २२२ रनमात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि गुणकेश मोटीले सर्वाधिक ४५, जोशुआ डि सिल्भाले २७, केभिम होड्जले २९ तथा कप्तान केग्री ब्रेथवेट र जोमिल वारिक्यानले समान २५ रन जोड्नुभयो ।
पाहुना टोलीका लागि केशव महाराज र कागिसो रबडाले समान ३, वायन मुल्दार र डेन पाइटले समान २ विकेट लिनुभयो । पहिलो इनिङमा १६ रनको सामान्य अग्रता बनाएको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा २४६ रन थपेको थियो । टोलीका लागि काइल वेरीएन्ने ७८ बलमा सर्वाधिक ५९, ओपनर एडेन मारकमले १०८ बलमा ५१, अर्का ओपनर टोनी डि जोर्जीले ३९, वायन मुल्दारले ३४ रन बनाउनुभयो । वेष्ट इण्डिजका लागि जयडेन सेल्सले १८.४ ओभरमा ६१ रन खर्चिएर ६ विकेट लिनुभयो । गुणाकेश मोटी र जोमिल वारिक्यानले समान २ विकेट लिनुभयो । दुई टोलीबीच २४ अगष्टबाट तीन खेलको टी-ट्वान्टी सिरिज सुरु हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच