घट्यो सुन चाँदीको भाउ

Read Time = 1 min

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?