सुल्तान कबुस अस्पतालमा अचेत अवस्थामा रहेकी आमा भेट्न ओमान उडे झापा मेचीनगरका सञ्जय

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

झापा । करिब एक वर्ष अघिदेखि अचेत अवस्थामा ओमानको सुल्तान कबुस अस्पतालमा उपचार भइरहेकी आमालाई भेट्न झापा मेचीनगरका सञ्जय कवँर अहिले केहीबेर अघि त्यता उडेका छन् ।

वैदेशिक रोजगारीमा गएकी आमालाई तत्काल नेपाल फर्काउन असम्भव भएपछि सञ्जय एयर अरेबियाकाे जहाजबाट ओमान गएका हुन् । झापा मेचीनगर नगरपालिका-१० कवँर बस्तीकी सञ्चयकी ४५ वर्षीया आमा विनादेवी कवँर करिब दुई वर्ष अघि ओमान गएकी थिएन् ।

आफ्नो गृहनगरकी विनादेवीको अवस्था थाहा पाएपछि कांग्रेस महामन्त्री तथा झापा-१ का सांसद विश्वप्रकाश शर्माले सञ्जयलाई ओमान पठाउने प्रबन्ध मिलाउनुभएकाे हाे । महामन्त्री सांसद शर्माले ओमानस्थित नेपाली राजदुत डोरनाथ अर्यालसँग समन्वय गरेर सञ्जयलाई आफ्नी आमा भेट्ने वातावरण मिलाउनु भएकाे हाे ।

विनादेवीलाई तत्काल नेपाल ल्याउन सम्भव नदेखिए पछि छोरालाई आमासँग भेट गर्नेसम्मको प्रबन्ध मिलाइएको केही दिन अघि गृहजिल्ला झापा आएका बेला शर्माले बताउनुभएकाे थियाे । महामन्त्री शर्माले सञ्जय र राजदूत अर्यालबीच त्यसबेला टेलिफोन सम्वादसमेत गराउनुभएकाे थियाे ।

सञ्जय ओमानमा रहुन्जेल खाने र बस्ने व्यवस्था राजदूत अर्यालले गर्नुहुनेछ । अचेत अवस्थामा रहेकी आमालाई भेटेर सञ्जय भदौ ३० गते घर फर्कने छन् ।

नेपाली कांग्रेस झापा काठमाडाैं सम्पर्क समितिका सभापति प्रज्वल काेइराला र नेविसंघ झापा काठमाडाैं सम्पर्क समितिका सभापति चाेलेन्द्र दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर सञ्जयलाई विदाई गर्नुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?