काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्न थालेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चिन्ता व्यक्त गर्नुभएको छ । सोही क्रममा उहाँ बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयको अनुगमनमा पुग्नुभएको छ । उहाँले बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थ मन्त्रालयको ध्यान तानेकाले आफू नेप्से कार्यालयमा आएको नेप्से व्यवस्थापनलाई बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘पुँजी बजार कुन ट्रेनमा चलेको छ । अहिले ममाथि प्रश्न उठिरहेको छ । राजनीतिका कारण बजार प्रभावित हुन्छ भनिन्छ तर पछिल्लो एक दुर्ई साता बजार ओरालो लागिरहेको छ । राजनीतिमा केही नहुँदासमेत बजार ओरालो किन लागिरहेको छ । यो प्रश्न सबै नियामकमा उठेको छ ।’
विगतमा २०-३० अर्बसम्मको कारोबार हुँदै आएको चार पाँच अर्बमा झरेकोप्रति अर्थमन्त्रीको नियामक निकायसँग गुनासो थियो ।
उहाँले भन्नुभयो, ‘गत वर्ष पाँच अर्ब राजस्व संकलन गरेका थियौँ तर पछिल्लो बजारमा आएको सुधारले वर्ष दिनभन्दा बढी राजस्व आएको छ । अहिले हामीले दुई महिनामा सात अर्ब राजस्व संकलन गरेका छौँ । तर, तीन हजार पुगेको बजार किन घटिरहेको छ । यो प्रश्नको जवाफ खोज्न आज नेप्सेमा आएको हु । यी प्रश्नको जवाफ म आफंैसँग पनि खोज्छु । मेरा सचिवहरूसँग खोज्छु र नेप्सेको व्यवस्थापनसँग समेत खोज्छु ।’ उहाँले नेप्सेको कारोबार प्रणालीको विश्वसनीयतासमेत प्रश्न उठाउनुभएको छ ।
सामाजिक सञ्जाल प्रयोग गरेर लगानीकर्तालाई निरत्साहित र उत्साहित गर्ने काम भइरहेको भन्दै उहाँले स्वस्थ प्रतिस्पर्धा र गुणस्तरीय सेवामा जोड दिनुभयो । कसैले अनैतिक तरिकाले कारोबार गरेको थाहा पाए कारबाही गर्ने नियामक सक्रिय हुनुपर्ने मन्त्री पौडेलको भनाइ थियो । पुँजी बजार सुधारका लागि जस्तोसुकै कार्य गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । नेप्सेका प्रबन्धक निरञ्जन फुयालले अर्थमन्त्रीसामु सेयर बजार सुधारका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच