यूरो किड्सको नेपालका प्रि-स्कुलहरूका लागि नयाँ पाठ्यक्रम

Read Time = 4 mins

काठमाडौं । एशियामै फैलिएको प्रि-स्कुल सञ्जाल यूरो किड्सले प्रि-स्कुलले नयाँ पाठ्यक्रम सुरु गरेको छ । बालबालिकाको समग्र विकास सुनिश्चित गर्न ‘युनोइए’ नामक पाठ्यक्रमको सुरुवात गरेको हो ।

यूरो किड्सले यस पाठ्यक्रमले बालबालिकाको सर्वांगीण विकासका लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्धत पुग्ने विश्वास लिएको छ । बालबालिकामा संज्ञानात्मक, प्रभावकारी र कार्य सम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा.अनिता मदानले जानकारी दिनुभयो ।

बुधबार सोल्टी क्राउन प्लाजामा आयोजित प्रेसमिटमा डा.मदानले यस पाठ्यक्रमले बच्चालाई आफ्ना साथी र शिक्षकसँग अन्तक्र्रिया गर्ने धेरै अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस पाठ्यक्रमले मिश्रित सिकाइमार्फत, बालबालिकालाई अन्य बालबालिकाको तुलनामा धेरै नयाँ कुरा सिक्ने अवसर प्रदान गर्नेछ ।’ यस पाठ्यक्रम दिमाग, शरीर र आत्मा गरी तीन खण्डमा विभाजन गरिएको छ ।
दिमाग खण्ड एक फोनिक्स आधारित भाषाको कार्यक्रम हो । जसमा बालबालिकालाई वर्णमालाका अक्षरहरू चिहृन अक्षर र सो अक्षरबाट बन्ने ध्वनिको सहयोग सिकाइ अगाडि बढाउनेछ । यसमा म्याथल्याव र वैज्ञानिक स्पार्कप नि छन् ।

यस्तै शरीरअन्तर्गतको ‘यूरोफिट’मा बालबालिकाको शारीरिक अवस्थालाई मजबुत बनाउन सहयोग पुग्नेछ । यस्तै ‘योगकिड्स’मा बालबालिकालाई सानै उमेरदेखि योगाको बारेमा जागरुक बनाइन्छ । ध्यान र स्वासप्रश्वासको माध्यमबाट उनीहरूलाई सानै उमेरमा आ-आफ्नो शरीरको बारेमा सचेत हुन यो कार्यक्रम लागू गरिएको हो । यस्तै आत्मा अन्तर्गतगको ‘यूरो म्युजी’मा बालबालिकालाई सामाजिक विकास, भाषा र साक्षरताको वृद्धि गर्न गीतसंगीतको माध्यमबाट सहयोग पुर्‍याउनेछ । यस्तै ‘माइण्डफुल प्लस’मा बालबालिकालाई भूत वा भविष्यमा ध्यान केन्द्रित गर्नुको सट्टा वर्तमानमा ध्यान केन्द्रित गर्न सिकाउँछ ।

यस्तै कोरोना महामारीको समयमा यूरोकिड्सले बालबालिकाका लागि ‘होमबड्डी एप’ सार्वजनिक गरेको छ । महामारीको समयमा घरभित्र रहेका बालबालिकाको शिक्षक सिकाइमा रोकावट नआओस् भन्ने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याइएको बताइयो ।

दुई दशकदेखि एसियाका ३ सय ५० भन्दा बढी शहरमा एक हजार दुई सयभन्दा बढी प्रि-स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरोकिड्सको पहिलो केन्द्र स्थापना गरेको थियो । अहिले संघीय राजधानी काठमाडौंलगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढी मा २८ वटा प्रि-स्कुलहरू सञ्चालनमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?