पहिलो ओडिआईमा भारत विजयी

Read Time = 2 mins

नयाँदिल्ली । भारतले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा वेस्ट इन्डिजमाथि तीन विकेटको जित हात पारेको छ । जितका लागि ३०९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३०५ रनमा रोकियो ।

वेस्ट इन्डिजका ओपनर काइल मेयर्सले ६८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाउनुभयो । शाई होप सात रनमै आउट हुनुभयो । दोस्रो विकेटका लागि मेयर्स र शमराह बु्रकले ११७ रनको साझेदारी गर्नुभयो । बु्रकले ६१ बलमा चार चौका र एक छक्कासहित ४६ रन जोड्नुभयो ।

त्यसबाहेक ब्रेन्डम किंग ६६ बलमा दुई चौका र दुई छक्कासहित ५४ रनमा आउट हुुनुभयो । कप्तान निकोलस पुरनले २५, अकिल हुसेनले ३२ बलमा दुई चौकासहित ३२ रन जोड्नुभयो । रोमारियो शेफर्ड २५ बलमा तीन चौका र दुई छक्कासहित ३९ रनमा अविजित रहनुभयो ।
भारतका मोहम्मद शिराज, शार्दुल ठाकुर र युजभेन्द्र चहलले दुई-दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३०८ रन बनाएको थियो । भारतका कप्तान शिखर धवनले ९९ बलमा १० चौका र तीन छक्कासहित ९७ रन जोड्नुभयो । अर्का युवा ओपनर शुभमन गिलले ५३ बलमा ६ चौका र दुई छक्कासहित ६४ थप्नुभयो ।

त्यसबाहेक श्रेयस ऐरले ५७ बलमा पाँच चौका र दुई छक्कासहित ५४, सूर्यकुमार यादव १३, सन्जु स्यामसन १२, दीपक हुडा २७ र अक्षर पटेलले २१ रन जोड्नुभयो । वेस्ट इन्डिजका अल्जारी जोसेफ र गुडाकेश मोटीले दुई दुई विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?