सिन्धु विकास बैंक मर्जरमा जाने

Read Time = 1 min

काठमाडौं । सिन्धु विकास बैंक मर्जरमा जाने भएको छ । बैंकको १२औँ वार्षिक साधारणसभाले मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्ताव पारित गरेसँगै मर्जरमा जाने बाटो खुलेको हो । सिन्धुपाल्चोकको पहिलो विकास बैंकका रूपमा स्थापित सिन्धु विकास बैंकले शुक्रबार धुलिखेलमा साधारणसभा सम्पन्न गरेको थियो ।

साधारणसभाले सर्वसाधारणतर्फबाट सञ्चालकमा सञ्जीव प्रधान, समिर कक्षपति र वसन्तकुमार कटुवाललाई निर्विरोध निर्वाचित गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा बागमती प्रदेशकै अग्रणी विकास बैंकका रूपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य रहेको बताउनुभयो ।

बैंकले हाल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामासमेत गरी कुल २५ शाखा र एक सीमित बैकिङ इकाई गरी कुल २६ स्थानबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?