ठेचोमा पाको पार्क

Read Time = 2 mins

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ । गोदावरी नगरपालिका १२ ठेचोमा आइतबार ‘पाको पार्क’ उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री भुसालले भन्नुभयो, 'विकास निर्माण कार्यमा एउटै मनले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ ।'

उहाँले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भुसालले ठेचोबासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन गरेर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । ७५ लाखभन्दा बढी लागतमा निर्माण भएको पार्कमा शारीरिक ब्यायामका लागि आवश्यक पूर्वाधार विकास गरिएको छ ।

सो अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको बताउनुभयो । पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिने गरी सिसिटिभी र बिद्युतको उपयुक्त व्यवस्था गरिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १२ का वडा अध्यक्ष जगतबहादुर महर्जनले वडाको विकासमा संघ र प्रदेशबाट भरपर्दो सहयोग प्राप्त भएको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?