टोकियोमा नेपाल फेस्टिवलको तयारी

हिमालय टाइम्स
Read Time = 3 mins

-पूर्ण चलाउने

टोकियो । नेपाली कला संस्कृतिलाई जापानीजहरु माझ चिनाउने उद्धेश्यले टोकियोमा १२ औ नेपाल फेस्टिवलको आयोजना गरिएको छ ।

टोकियोको नाकानो स्थित ‘सिकीनो मोरी’ पार्कमा जुलाई ३० र ३१ तारिख चल्ने उक्त फेस्टिवल गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको हो । फेस्टिवल बिहान १० बजेदेखि साझ ७ बजे सम्म चल्नेछ ।

फेस्टिवलमा नेपाली कला संस्कृति झल्किने बिभिन्न गीत, संगीत, नृत्य तथा झाँकी प्रस्तुत गरिनेछ । नेपालका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकिय स्थलका साथै नेपाली भेषभूषा तथा नेपाली खानाको प्रचार पनि जापानीहरु माझ यस फेस्टिवलमा गरिनेछ ।

उक्त फेस्टिवलमा नेपाली खानाका स्टलहरुका साथै अरु बिभिन्न सेवाप्रदायक कम्पनीहरुको स्टलहरु रहनेछन । फेस्टिवलको सबै तयारी पुरा भईसकेको आयोजक संस्था गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

‘बिगतका फेस्टिवलमा भएका कमीकमजोरीलाई ध्यान दिदै यस पटक थप ब्यवस्थित तथा आकर्षक बनाउछौ।’ फेस्टिवल प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले भन्नुभयो ।

स्वयंसेवक संयोजक तथा एनआरएनए जापानका यूवा संयोजक राकेस रुम्बाले फेस्टिवललाई ब्यवस्थित गर्न पर्याप्त स्वयंसेवकहरुको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

फेस्टिवलमा बेचिने खानाको गुणस्तरको लागि एनआरएनए जापानकी महिला संयोजक अन्जु भण्डारीको संयोजनमा एक बिभाग बनाइएको छ जसले गुणस्तरहिन खाना बिक्री बितरणमा आवश्यक कारबाही गर्नेछ ।

नेपाल फेस्टिवलको आयोजना भईरहदा पछिल्लो समय टोकियोमा कोरोना संक्रमण भने बढिरहेको छ । संक्रमणकाबीच नेपाल फेस्टिवल त्यति प्रभावकारी नहुने टिका टिप्पणी पनि जापानका नेपालीहरुले सामाजिक संजालमा गरिरहेको पाईन्छ ।

‘बढ्दो कोरोना संक्रमणकाबीच नेपाल फेस्टिवल आयोजना गरिनु सकारात्मक पक्ष होइन समयमै सोचौ’, जापानमा संचारकर्मीका रुपमा चिनिने तथा पत्रकार महासंघ जापानका सचिब शान्त पहरीले आफ्नो फेसबुक स्टेटसमा लेख्नुभएको छ ।

जापानमा संक्रमण बढेपनि जापान सरकारले तत्काल कुनै नयाँ मापदण्ड भने लागु गरेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?