खोलाले बगाएर वडा सदस्यको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ ।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उहाँलाई बगाएको हो ।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको थियो । उहाँ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । घटना मंगलबार साँझको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?