निर्णायक सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल किक बक्सिङ संघले ३१ निर्णायकलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उपनिर्देशक हिमालराज दाहाल र नेपाल कराँते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले उहाँहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।

सम्मानित हुने निर्णायकमा राजुसिंह बोजिको, जयचन्द लामा, विन्दा नेपाली, रिजन थापा मगर, शम्भु नेपाली, हरिबहादुर तामाङ, सन्जित शाही, प्रवीण सुनाम, अनमोल पुजारी, प्रदीप श्रेष्ठ, देवकुमार श्रेष्ठ, नरेन्द्र महर्जन, उत्तम श्रेष्ठ, दिवान्स श्रेष्ठ, अरुण दर्लामी, कृष्णशरण राना मगर, सुरेश खड्गी, बाबुकाजी थापा, सचिदानन्द बनेपाली, रोहित मानन्धर, विलबहादुर तामाङ, टिकाराम जिमी, हरिकृष्ण प्रजापती, रमेश नेपाली, इन्द्र डंगोल, वीरेन्द्रसिंह कोदारी, सञ्जीव महर्जन, कृष्णराज गिरी, कृष्णराम जाकी, प्रकाशबहादुर शाही र गणेश सुकुमनी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?