सरङ्गी-जैमिनी सडकको काम गुणस्तरहीन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकालाई जोड्नेगरी स्तरोन्नती भइरहेको सरङ्गी-जैमिनी सडकमा स्तरोन्नतीमा निर्माण व्यवसायीको लापर्बाही देखिएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौर र जैमिनी नगरपालिका-१ कुश्सिेराको सिमानाको करिब ९०० मिटर सडक वर्षेदेखि कालोपत्र हुन सकेको थिएन । बागलुङ बजारदेखि कुश्मिसेरा खण्डअन्तर्गत सोही ठाउँ बाहेक अन्यत्र कालोपत्र भइसकेको छ ।

उक्त सडकखण्ड स्तरोन्नतीका लागि २०८० चैतमा गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको साझेदारीमा स्तरोन्नतीका लागि ठेक्का लगाइएको थियो ।

पुस मसान्तमा ठेक्का सम्झौताको मिति सकिनै लाग्दा निर्माण व्यवसायीले ठेक्का थप्नका लागि कामलाई गति दिएको छ । उक्त सडक स्तरोन्नतीको क्रममा पानी निकासका लागि निर्माण गरिएको पक्की नालीमा निर्माणमा गुणस्तरमा कमी भएको पाइएको छ ।

क्रंक्रिटको ढलान गरिएकाृ नालीमा छिया-छिया परेका प्वालहरु देखिएको छ भने सिमिन्टको मात्रा कम हालिएको छ । भित्तामा बनाइएको नालीमा ढुङ्गाको जोडाई हातले उप्किनेखालको बनाइएको छ भने प्रयाप्त क्युरिङ (पानीले भिजाउने काम) नभएको पाइएको छ । बालुवा र सिमेन्टको जोडाई समेत कमसल भएको पाइएको छ ।

नालीको मोटाई एकनासको नभएको, ढलान बिग्रिएपछि सिमेन्टले टालेको पाइएको छ । निर्माणको जिम्मा पाएको गौतम एए जेभीले म्याद सकिने समयमा कामलाई गति दिएपछि निर्माणमा प्रश्न उठेको हो ।

उक्त सडकमा मापदण्ड अनुसार काम नभएकाले प्रष्ट देखिएको छ । निर्माण व्यवसायीले नाली निर्माणका क्रममा केही कमजोरी गरेको अनुगमनका क्रममा पाइएको बागलुङ नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो ।

उहाँले आफूले उक्त स्तरोन्नती भइरहेको सडकको प्राविधिक पक्षको अनुगमन गरेको बताउनुभयो । अनुगमनमा क्रममा नाली निर्माणमा पाइएको केही सामान्य त्रुटीलाई सच्चाउन निर्माण पक्षलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

“नालीको ढलान अलि नमिल्दे देखिएको रहेछ, मैले अनुगमनका क्रममा पुन मिलाउनु, समस्या देखिएको ठाउँमा पुन ढलान गर्नु र ढलान पश्चात प्रयाप्त पानी राख्नु भनेर निर्देशन गरेको छु” प्राविधिक प्रमुख घर्तीले भन्नुभयो “काम गर्ने क्रममा भएका कमी कमजोरीलाई सच्चाउनका लागि प्राविधिक अनुगमन हुन्छ, अनुगमनमा देखिएको समस्या तत्कालै समाधान पश्चात अघि बढ्नु निर्माण व्यवसायीको दायित्व हुन्छ, गुणस्तरमा तलमाथी हुनुहुँदैन त्यस्तो भएमा, भुक्तानी रोक्छौ, सडकको दीगोपनका लागि निर्माणको क्रममै हुने अनुगमनले गुणस्तरीय काम गर्न सघाउछ ।”

निर्माण व्यवसायी गौतम/एए जेभीले २०८० चैतमा रु. एक करोड २६ लाख ६७ हजारमा सडक चौडा पार्ने, पानी जमेको स्थानमा ढलान गर्ने, नाली निर्माण गर्ने र आवश्यक स्थानमा ग्याबिन जाली लगाउनेगरी जिम्मा लिएको थियो ।

आगामी जेठ मसान्त सम्म काम सक्नेगरी सम्झौता थपका लागि प्रकृया अघि बढाइएको सडक निर्माण कार्यमा लापर्बाही देखिएको हो । उक्त सडक स्तरोन्नती सम्पन्न भएमा बागलुङ देखि जैमिनी सम्मको सडक पुरै पक्की बन्नेछ ।

दुई पालिका जोड्ने ९०० मिटर सडक निर्माणमा ढिलाई भएपछि गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको साझेदारी रकमबाट ठेक्का खुलाइएको थियो । अहिले उक्त सडक सरङ्गी देखि कुश्मिसेरा खण्ड बन्द गरेर स्तरोन्नतीको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?