बाथको सोरुम ढल्केवरमा

Read Time = 2 mins

ढल्केबर । अन्तर्राष्ट्रिय गुणस्तरका बाथवेयर तथा सेनिटेरी वेयरका उत्पादक ‘बाथको’ ले धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सोरुम स्थापना गरेको छ । ढल्केवरस्थित जय अम्बे हार्डवेयर एन्ड अर्डर सप्लायर्सले ‘बाथको’ सोरुम सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रममा ‘बाथको’ का प्रबन्ध निर्देशक विकासकुमार झाले सोरुमको शुभारम्भ गर्दै मधेश प्रदेशमा जय अम्बे हार्डवेयर एन्ड अर्डर सप्लायर्स बाथको नेपालको दोस्रो आधिकारिक बिक्रेता रहेको बताउनुभयो । यसअघि प्रदेशमा पहिलोपटक बाराको कलैयामा ‘बाथको’ को डिलर्स सञ्चालनमा आइसकेको छ ।

कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष एवं जय अम्बे हार्डवेयर एन्ड अर्डर सप्लायर्सकै सञ्चालक तेजनारायण साह, सोही कम्पनीका सञ्चालक सुनिल सिंह, मिथिला उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

भारतमा निर्माण हुने ‘बाथको’ ब्रान्डको नेपालको होल डिस्ट्रिब्युटर्स बाथको नेपाल कम्पनी रहेको छ । ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिब्स, बाथ एक्सोसेरिजमा ११ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?