फक्सवागनको एक्सचेन्ज अफर

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित फक्सवागन गाडीको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले फक्सवागन मनसुन एक्सचेन्ज नामक योजना ल्याएको छ । आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहनेका लागि देशव्यापीरूपमा एक्सचेन्ज योजना सुरू गरिएको कम्पनीले जनाएको छ ।

एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन् । अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकले समेत पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीका साथमा थप सुविधासमेत प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत सहज फाइनान्स सुविधाका साथै ४८ घण्टाको सबैभन्दा राम्रो एक्सचेन्ज मूल्यांकन प्रदान गरिने, ५० हजारसम्मका एक्सेसरिज, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनसलगायतका सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फक्सवागन गाडी एक वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकको समय बचाउन मद्दत गर्नेछ । दुई वर्षको अनलिमिटेड वारेन्टी र प्रत्येक कारमा तीन वर्षको पेन्ट वारेन्टीसमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?